काठमाडौं - नेपाल बार एसोसिएसनले इजलासमा नबस्न न्यायाधीशहरुलाई आग्रह गरेको छ ।

आइतबार सर्वोच्च अदालतका १८ जना न्यायाधीशलाई औपचारिक पत्र पठाउँदै बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले तोकेका इजलासमा नबस्न आग्रह गरेको हो ।  

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले २६ गतेकै निर्णयअनुसार पत्र पठाइएको जनतापाटीलाई बताए । 'सबै न्यायाधीशलाई विवादित प्रधानन्यायाधीशको इजलासमा नबस्न, न्यायलय शुद्धीकरणमा साथ दिन अनुरोध गर्दखै पत्र पठाएका हौं,' उनले भने ।  

न्यायलय शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा माग्दै बार १४ कात्तिकदेखि आन्दोलनमा छ ।  न्यायाधीशहरु पनि इजलासमा बसेका छैनन । आइतबारदेखि बारले आन्दोलनलाई देशव्यापी बनाएको छ ।