एजेन्सी - इरानले इजरायलमा ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ ।

इरानी आक्रमणका कारण इजरायलको जेरुसलेममा विस्फोट सुनिएको र तेल अभिभमा कालो धुवाँ देखिएको दाबी छ ।

प्रतिशोधात्मक हमलापछि इजरायली अस्पतालमा ४० जनाको उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्थामा गम्भीर रहेको बताइएको छ ।

इरानको इस्लामिक क्रान्तिकारी गार्डको तर्फबाट जारी विज्ञप्तिमा उनीहरूले इजरायलका सैन्य केन्द्र र एयरबेससहित दर्जनौँ लक्ष्यमा हमला गरेको उल्लेख छ ।