रुसी हमलामा १३६ सर्वसाधारण मारिए : राष्ट्रसंघ
खबर एक्सप्रेस
२०७८-११-१८ १२:०४ मा प्रकाशित
Total Shares: 280
काठमाडौं,एजेन्सी - बिहीबारदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । मारिनेमा १३ बालबालिका पनि छन् । सो हमलामा ४०० जना घाइते भएका छन् ।
राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्च आयोगका प्रवक्ता लिज थ्रोसेलले युद्धमा मृत्यु हुनेको संख्या त्यो भन्दा बढी हुने बताएका छन् । भारी तोपको गोलाबारी, हवाई हमला र बिस्फोटक पदार्थका कारण अधिकांश हताहत भएको थ्रोसेलले बताए ।
तर, युक्रेन सरकारले सार्वजनिक गरेको तथ्यांकमा भने ३५२ सर्वसाधारणको मृत्यु र १६८४ जना घाइते भएको उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस