रुपन्देहीको तिलोत्तमामा राखिएका पाँच वटा बुद्धमूर्तिमाथि तोडफोड
बुटवल - बुटवल-बेलहिया सडक खण्डको बीच भागमा राखिएका बुद्धमूर्ति तोडफोड भएका छन् ।
६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँच वटा बुद्धमूर्तिमाथि तोडफोड भएका हुन् । केही बुद्धमूर्ति सडकमै ल्याएर फ्याँकिएको छ ।
बुधबार साँझसम्म ठीकठाक अवस्थामा रहेका मूर्ति बिहीबार बिहान तोडफोड भएको अवस्थामा भेटिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । मूर्तिहरु कसले र किन फुटायो भन्ने अहिलेसम्म खुलेको छैन । गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमर्ती अनावरण गरेका थिए । घटनास्थल पुगेर प्रहरी टोलीले अध्ययन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस