बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 131
काठमाडौं - सरकारले बैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
बैकुण्ठ अर्यालले २ असारमा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउँदै थिए। त्यसअघि नै सरकारले उनलाई मुख्यसचिव नियुक्त गरेको हो।
यसअघि सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए।
यसैबीच अहिले मुख्यसचिव रहेका शंकरदाश वैरागीलाई मन्त्रीसरहको सेवा सुविधा दिएर नियुक्ति दिने तयारी भइरहेको स्रोतले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस