गर्भवतीको मृत्यु भएपछि किष्ट अस्पतालमा आफन्तले गरे प्रदर्शन, प्रहरीसँग घम्साघम्सी
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 7
काठमाडौं-अस्पतालको लापरबाहीले गर्भवतीकोको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेपछि किष्ट अस्पतालमा तनाव भएको छ ।
मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।
त्यहाँ शनिबार एकजना गर्भवतीको ज्यान गएको थियो। आक्रोशित आफन्तले आइतबार पनि अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए।
अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आफन्तहरूको आरोप रहेको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।
अहिले अस्पतालमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस