मलामी सवार बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुग्यो (अपडेट)
खबर एक्सप्रेस
२०७८-०९-१८ ०२:५३ मा प्रकाशित
Total Shares: 188
काठमाडौं,पाल्पा - पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुुगेको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।
मृतकको सनाखत हुन बाँकी छ । आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताए ।
बसमा सवार ६ जना गम्भीर घाइते रहेको हुँदा उपचारका लागि जिल्ला सदरमुकाम पठाइएको र बाँकीको अवस्था सामान्य रहेको छ । अहिले घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् ।
फेसबुक पेज Like गर्नुहोस