एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गर्मी मौसममा कोरोना भाइरसको संक्रमण कम फैलिन्छ भन्ने मान्यता गलत भएको बताएको छ । विश्वभर कोरोनालाई लिएर भैरहेको विभिन्न आंकलनमा धेरै स्वास्थ्य विज्ञहरुले तापक्रम बढेसँगै कोरोना संक्रमण घट्छ भनेका थिए, तर डब्ल्यूएचओले त्यो गतल रहेको बताएको छ ।

बुधबार डब्लूएचओका आपातकालीन कार्यक्रमका प्रमुख डा. माइक रायनले तापक्रम वृद्धि र कोरोनामा कुनै सम्बन्ध नरहेको बताए । कोरोना जुनसुकै स्थानमा फैलिनसक्ने चेतावनी पनि दिएका छन् ।

‘यस्तो तथ्य पनि पाइएको छैन कि मौसम बदलिँदा यो भाइरस अझ खतरनाक भएर फैलिन्छ’ रायनले भने ‘कोरोनालाई गर्मी वा जाडो मौसमले खासै फरक पार्दैन। गति उस्तै रहन्छ।’

कोरोना महामारीको सुरुवातीमा केही अनुसन्धानकर्ताले मौसम गर्मी भएपछि कोरोना संक्रमणमा कमी आउने दाबी गरेका थिए, तर गर्मी बढेसँगै संक्रमित पनि तीव्र रुपमा बढिरहेको छ ।

बीबीसी