इन्टर र एसी मिलानको सहज जित
काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा इन्टर मिलानले सहज जित हात पारेको छ । गएराति भएको खेलमा इन्टरले जिनोआलाई ३०ले पराििजत गरेको हो ।
खेलको पहिलो मिनेटमै रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६९ औं मिनेटमा माटियो डारमेनले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । ७९औं मिनेटमा एलेक्सिस सान्चेजले गोेल गरेपछि इन्टर ३-०ले विजयी बन्यो ।
जितसँगै शीर्ष स्थानमा रहेको इन्टरले २४ खेलबाट ५६ अंक जोडेको छ । पराजित जिनोआ २६ अंकसहित १३ औं स्थानमा छ ।
यस्तै, अर्को खेलमा एसी मिलानले रोमालाई २-१ ले पराजित गरेको छ । जितसँगै दोस्रो स्थानमा रहेको मिलानको २४ खेलबाट ५२ अंक पुगेको छ । पराजित रोमा ४४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस