‘एमसीसी सम्झौता संसदबाट सजिलै पास हुन्छ’ - प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७६-११-०३ ११:०० मा प्रकाशित
Total Shares: 1041
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट सजिलै पास हुने बताएका छन् ।
सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा शनिबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँर्दै प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग नियोग एमसीसीसँग गरिएको सम्झौता सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्ने बितिक्कै पास हुने दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘एमसीसी राजनीतिकदलहरूले अध्ययन गर्लान् त्यो आफ्नो ठाउँमा छ । तर सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको छ । सभामुख महोदयले निर्णयार्थ प्रस्तुत गर्ने बितिक्कै पास हुन्छ र कार्यान्वयनमा जान्छ ।’
फेसबुक पेज Like गर्नुहोस