शीर्ष स्थानमा उक्लियो पीएसजी
खबर एक्सप्रेस
२०७७-११-०२ १०:१३ मा प्रकाशित
Total Shares: 290
काठमाडौं,एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा पीएसजीले निसलाई २-१ले पराजित गरेको हो ।
खेलको २२औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट पीएसजीले सुरुवाती अग्रता लिएको थियो । ५०औं मिनेटमा रोनी लोपेसले गोल गर्दै निसलाई खेलमा फर्काए । तर, ७६औं मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए ।
जितसँगै पीएसजी २५ खेलमा ५४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । तर, एक खेल कम खेलेको लिलको पनि ५४ अंक रहेको छ । पराजित निस भने २९ अंक जोडेर १४ औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस