स्पेजियामाथि एटलान्टाको सहज जित
काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा एटलान्टाले सहज जित हात पारेको छ । गएराति भएको खेलमा एटलान्टाले स्पेजियालाई ३-१ले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५३औं मिनेटमा मारियो पासालिसको गोलबाट एटलान्टाले सुरुवाती अग्रता लियो । ५५औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पारे । खेलको ७३ औं मिनेटमा पासालिसले व्यक्तिगत दोस्रो गोल गर्दै एटलान्टालाई ३-० को अग्रता दिलाए । ८१औं मिनेटमा स्पेजियाका रोबर्टो पिकोलीले गोल गर्दै खेललाई फर्काउने कोसिस गरे । तर, उक्त गोल सान्तवना बन्न पुग्दा एटलान्टा ३-१ले विजयी भयो ।
जितसँगै चौथो स्थानमा उक्लिएको एटलान्टाले २७ खेलबाट ५२ अंक जोडेको छ । स्पेजिया २६ अंकसहित १६औं स्थानमा छ ।
अर्को खेलमा लाजियोले घरेलु मैदानमा पुछारमा रहेको क्रोटनमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । लाजियो २६ खेलबाट ४६ अंक जोडेर सातौ स्थानमा यथावत छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस