काठमाडौं - आज देशभर मौसम सामान्यतया सफा रहने भएकाे छ । मौसम पुर्वानुमान महाशाखाको अनुसार नेपालमा अहिले कुनै मौसम प्रणालीको प्रभाव छैन ।

देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो भने देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।