सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त
खबर एक्सप्रेस
२०७९-०९-२७ ०६:२७ मा प्रकाशित
Total Shares: 243
काठमाडौं,धनगढी-सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एमाले)का राजेन्द्र रावल नियुक्त भएका छन् । बुधबार साँझ मुख्यमन्त्रीमा दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख देवराज जोशीले रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
रावललाई नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन छ । रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस