काठमाडौं - वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादलले उम्मेदवारी दर्ता गरेका छन् । 

हेलिकप्टर चढेर हेटौँडा पुगेका बादलले शुक्रबार प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन् । समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।

यसअघि डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरिसकेका छन् । 

विपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवारका रुपमा देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।