देउवाले डाके मन्त्रिपरिषद्को बैठक
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । प्रधानमन्त्री देउवाले आज (सोमबार) दिउँसो ४ बजे बस्नेगरि मन्त्रिपरिषद्को डाकेका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
देउवा नेतृत्वको मन्त्रिमण्डलमा नेपाली कांग्रेसका बालकृष्ण खाँणले गृहमन्त्री तथा ज्ञानेन्द्रबहादुर कार्कीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रको तर्फबाट पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिंचाई र जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मत लिएका देउवाले अन्य दलहरुलाई पनि समेटेर मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस