नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, उद्घाटन गर्दै सभापति देउवा
खबर एक्सप्रेस
२०८०-०९-०३ ०९:०६ मा प्रकाशित
Total Shares: 196
गण्डकी - नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ ।
कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिएसम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारी समेत उपस्थित हुने सभापति शर्माले बताए।
सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुनेछ ।
सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सयजना प्रतिनिधिले बन्दसत्रमा भाग लिने छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस