काठमाडौं - फिल्म निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । कार्कीको ८४ बर्षको उमेरमा बिहिबार बिहान उपचारका क्रममा निधन भएको हो ।

गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहान १० बजे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बतायो । 

कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् ।