काठमाडौं,एजेन्सी - इटालियन सिरी ‘ए’मा युभेन्ट्स बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्ट्सले हेलास भेरोनासँग १-१को बराबरी खेल्दै अंक बाँडेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७७औं मिनेटमा एन्टोनिन बराकले बराबरी गोल फर्काउँदै अंक खोस्न सफल भए । 

बराबरीसँगै युभेन्ट्स २३ खेलमा ४६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भेरोना ३५ अंक जोडेर नवौं स्थानमा छ ।