काठमाडौं, दाङ - तुलसीपुरमा गएराति एक युवकमाथि सांघातिक आक्रमण भएको छ।

तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय कुमार विकमाथि तुलसीपुर उपमहानगरपालिका–१२ गोलौरी भन्ने स्थानमा सांघातिक आक्रमण भएको हो।

आक्रमणमा परि विक गम्भिर घाइते भएका छन् । विकको बायाँ खुट्टा काटेर छिनालिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । अत्यधिक रक्तस्राव भएका कारण विकको अवस्था चिन्ताजनक छ ।

घाइते विकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि गएराति नै थप उपचारका लागि बाँके रिफर गरिएको प्रहरीले जनाएको छ ।

विक गोलौरीमा भान्जाको विहे खान भनि आएका थिए। भान्जाको घरबाट नवलपुरस्थित घरतर्फ जाँदै गरेका विकलाई पढ्ढा र गौलौरीको बीचको एकान्त स्थलमा अपरिचित समुहले सांघातिक आक्रमण गरेर शक्त घाइते तुल्याएको प्रहरीले जनाएको छ ।

गएराति दश बजेतिर प्रहरीले बिकलाई घाइते अवस्थामा फेला पारेर उद्धार गरि अस्पताल पुर्‍याएको थियो। आक्रमणकारीको खोजी भइरहेको तुलसीपुर प्रहरीले जनाएको छ ।