पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०८-०५ ०४:३० मा प्रकाशित
Total Shares: 349
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमित पुष्टि हुनेमा ४ सय ८४ महिला र ६ सय २३ पुरुष रहेका छन् ।
काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १९ सय ४५ जना रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस