काठमाडौं - इटालियन सिरिएमा एसी मिलानले जित हात पारेको छ । स्पाललाई १–०को गालअन्तरले हराउँदै मिलान १०औं स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउनका लागि सुसोको दोस्रो हाफको गोल निर्णायक बनेको थियो । खेलको ६३औं मिनेटमा उनले गोल गरेका थिए ।

जितसँगै मिलानले लिगमा १३ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा युभेन्टस छ । उसले १० खेलबाट २६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको इन्टरमिलानको २५ अंक रहेको छ ।