एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण
काठमाडौं - नेकपा एमालेले २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतवार विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण सोध्दै पत्र पठाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधेका हुन्।
पत्र आज पठाइएको भए पनि मिति भने ५ गतेको राखिएको छ । २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।
आइतवार विश्वासको मतका क्रममा नेपाल पक्षका १४ जना र ओली पक्षका ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए। विश्वासको मत दिएका ओली पक्षका ८ सांसद पनि अहिले नेपाल पक्षमा मिसिएका छन्।
फेसबुक पेज Like गर्नुहोस