जर्मनीको सहज जित
खबर एक्सप्रेस
२०७७-१२-१३ ०९:५८ मा प्रकाशित
Total Shares: 285
काठमाडौं, एजेन्सी - फिफा विश्वकप फुटबल छनोटअन्तर्गत युरोपियन छनोटमा जर्मनीले विजयी सुरुवात गरेको छ ।
बिहीबार राति भएको पहिलो खेलमा जर्मनीले आइसल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जित दिलाउन लियोन गोर्टेज्का, काइ हाभर्ट्ज र इल्के गुन्डोगानले समान एक-एक गोल गरे । खेलको तेस्रो मिनेटमा लियोनको गोलबाट जर्मनीले अग्रता बनाएको थियो ।
सातौं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमको अग्रता २-० को बनाए । दोस्रो हाफको ५६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई ३-० को जित दिलाए । जितसँगै समूह 'जे' को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस