एमाले नेताहरूको कार्यविभाजन, खनाल-नेपाल पक्षले पाएनन् जिम्मेवारी
खबर एक्सप्रेस
२०७८-०१-१० ०५:४९ मा प्रकाशित
Total Shares: 285
काठमाडौं - नेकपा एमालेले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकेको हो ।
अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् भने रामबहादुर थापा ‘बादल’ लाई वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको जिम्मेवारी दिइएको छ ।
बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई भने कुनै पनि जिम्मेवारी दिएको छैन ।
फेसबुक पेज Like गर्नुहोस