मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य
काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाले जितका लागि नेपाललाई ११० रनको लक्ष्य दिएको छ ।
सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा १० विकेट गुमाउँदै १०९ रन बनाएको हो ।
मलेसियाका लागि साद आजिजले २७ रन बनाए । अनवार अर्दिनले ८, अहमद फाइजले ३, भिरेनदिप सिंहले ६, शार्विन मुनियान्डीले २०, शाफिक शारिफले १५ रन जोडे । यस्तै, अमिनुद्दीन राम्लीले ५, खिजार हायातले ४, साजरुल उर्दिसुले ८, अनवार रहमानले १ र पवनदिप सिंहले शून्य रन बनाए ।
नेपालका लागि करन केसीले सर्वाधिक तीन विकेट लिए । सन्दिप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एक/एक विकेट लिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस