काठमाडौं - सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसिसी) अहिलेकै हालतमा संसदबाट पास गर्न नसकिने बताएका छन् ।

जनकपुरमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमसिसी परियोजनाका केही प्रावधान नेपालको हित अनुकूल नरहेकाले अहिलेकै अवस्थामा यसलाई संसदबाट अनुमोदन गर्न नसकिने बताएका हुन् ।

एमसिसीबारे नेकपाभित्रै विवाद उठेपछि १५–१९ माघमा सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयजकत्वमा स्थायी कमिटी सदस्य भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेकाे थियाे ।

एमसिसीबारे अध्ययनका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन सचिवालय बैठकमा छलफल भएपछि केही बुँदा संशोधन गर्नुपर्ने अवस्था आएको प्रचण्डले बताए ।