काठमाडौं-प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । 

प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । निर्वाचित प्रतिनिधिसभाका सदस्यले बिहीबार दिउँसो १ बजे शपथ लिनेछन् ।