बुटवलमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-०१ १२:३४ मा प्रकाशित
Total Shares: 290
काठमाडौं - बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
साउन २९ गते सामान्य ज्वरो खोकी लागेर उपचारका लागि अस्पताल पुगेका ती पुरुषमा उपचारको क्रममा कोरोना पुष्टि भएको थियो । शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुषलाई आइसीयूमा राखेर उपचार गरिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस