प्रिमियर लिग : बराबरीमै रोकियो टोटेनहम
काठमाडौं - इंग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहम एभर्टनसंग बराबरीमै रोकिएको छ ।
आईतबार राति भएको खेलमा टोटेनहमले एभर्टनसंग १–१ गोलको बराबरी खेलेको हो । एभर्टनको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि सेन तोसुनले ले गोल गरे भने टोटनहमका लागि डेली अलीले गोल गरेको थिए ।
खेलको सुरुवाती भने टोटनहमले लिएको थियो । खेलको ६३ औँ मिनेटमा डेली अलीले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
सन ह्युङ मिनको खराब ट्याकलका कारण एभर्टनका आन्द्रे गोमेज खुट्टामा गम्भिर चोट बोक्दै मैदान बाहिरिएका थिए । त्यस्तै, सन ह्युङले ७९ औ मिनेटमा रातो कार्ड समेत खादै मैदान बाहिरिए ।
१० खेलाडीमा समेटिएको टोटेनहमले अन्तिम समयमा सम्हालिन सकेन । इन्जुरी समयको ९७ औ मिनेटमा सेन तोसुनले गोल गर्दै टोटेनहमसँग अंक खोस्न सफल भए ।
यो बराबरीसँगै टोटेनहम १३ अंक सहित तालिकाको ११ औँ स्थानमा छ । एभर्टन भने ११ अंक जोड्दै रेलिगेशन जोनभन्दा एक स्थान माथि छ ।
फेसबुक पेज Like गर्नुहोस