प्रिमियर लिग : लिभरपुलसँग हार्यो टोटेनहम
खबर एक्सप्रेस
२०७७-०९-०२ ०८:१५ मा प्रकाशित
Total Shares: 300
काठमाडौं,एजेन्सी - प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हराएको छ ।
बुधबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो । उपाधि होडमा बलियो देखिएका दुवै टिमको भिडन्तमा लिभरपुलले बाजी मारेको हो । साथै, लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलमा अग्रता घरेलु टोली लिभरपुलले २६ औं मिनेटमा मोहमद सलाहाको गोलमा लिएको थियो । तर, टोटेनहमका सन ह्युङ मिनले ३३ औं मिनेटमा टोटेनहमका लागि बराबरी गोल फर्काएका थिए ।
खेलको अन्तिम मिनेटमा ब्राजिली स्टार फिर्मिन्होले गोल गर्दै लिभरपुललाई जित दिलाए । शीर्ष स्थानको लिभरपुलले १३ खेलबाट २८ अंक जोडेको छ । दोस्रो स्थानको टोटेनहमको २५ अंक छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस