नेयमारको ह्याट्रिकमा ब्राजिलको शानदार जित
काठमाडौं - दक्षिण अमेरिकी विश्वकप छनोटमा नेयमार चम्किँदा ब्राजिल शानदार जित दर्ता गरेको छ ।
बुधबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि ४–२ गोलअन्तरको जित निकालेको हो । ब्राजिलको जितमा नेयमारले ह्याट्रिक गरे भने रिचार्लिसनले एक गोल गरे । यस्तै, पेरुको लागि आन्द्रे कारिलो र रेनाटो तापियाले एककए गोल गरेका थिए ।
खेलमा सुरुवाती अग्रता भने पेरुले लिएको थियो । छैटौं मिनेटमा कारिलोले गोल गरेका थिए । खेलको २८ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई खेलमा फर्काए ।
यस्तै, दोस्रो हाफको ५९ औं मिनेटमा तापियाले गनेल गर्दै पेरुलाई पुनः अग्रता दिलाएका थिए । ६४ औँ मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए । खेलको ८३ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।
खेलको ८६ औँ मिनेट र ८९ औँ मिनेटमा कार्लोस क्यासिडा र कार्लोस जान्ब्रानोले रातो कोर्ड खादै मैदान बाहिरिएपछि पेरु ९ खेलाडीमा सिमिति बनेको थियो ।
खेलको इन्जुरी समयमा नेयमारले ह्याट्रिक पुरा गर्दै ब्राजिललाई शानदार जित दिलाउन सफल भए । जितसँगै ब्राजिलले समूह चरणमा २ खेलबाट ६ अंक जोडेको छ । पराजित पेरुले १ अंक जोडेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस