कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा भूकम्प प्रभावित क्षेत्रमा
खबर एक्सप्रेस
२०८०-०७-२२ ११:३७ मा प्रकाशित
Total Shares: 355
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्र गएका छन्।
महामन्त्रीद्वय पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट त्यहाँ गएका हुन् ।
जाजरकोट भूकम्पपछिका अवस्थाबारे अनुगमन र सहजीकरण गर्न कांग्रेसले महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समितिसमेत गठन गरेको थियो।
भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत क्षेत्रको स्थलगत अवलोकनका लागि महामन्त्रीद्वय थापा र शर्मा बुधबार त्यसतर्फ गएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर महामन्त्रीद्वय विशेष गरी सात कार्यमा केन्द्रित रहने उल्लेख गरेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस