संसद् पुनर्स्थापनाको विकल्प नभएको एमालेको निष्कर्ष
काठमाडौं - नेकपा एमालेले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष निकालेको छ।
शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले संसद् पुनर्स्थापनाका लागि लोकतन्त्र र संविधान पक्षहरूसँग सहकार्य गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका हुन्।
बैठकले संसद् पुनर्स्थापनामा एमालेको जोड भएपनि पार्टी निर्वाचनबाट नभाग्ने भन्दै निर्वाचनको वातावरण बनाउन माग गरेको छ। बैठकले मुलुकमा राष्ट्रिय एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने र त्यसका लागि पार्टी एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको गौतमले बताए।
जेनजी आन्दोलनका क्रममा भएको घुसपैठको स्वतन्त्र निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्न एमालेले माग गरेको छ। यस्तै बैठकले पार्टी अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति विषयक विशेष प्रस्तावलाई पारित गरेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस