काठमाडौं,एजेन्सी - म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी एभर्टनलाई २-० ले हराउँदै सिटी सेमिफाइनलमा पुगेको हो । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ८४औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ९०औं मिनेटमा कप्तान केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई २-०को जितसहित अन्तिम चारमा स्थान पक्का गरे । 

यस्तै, अर्को खेलमा साउथह्याम्टनले बर्नमाउथमाथि ३–० को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।