काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ६७ र एन्टिजेन विधिबाट २ हजार ८६३ जनामा परिक्षण गर्दा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८७ हजार ८२८ र एन्टिजेनबाट ८९ हजार ६०९ जना पुगेको छ ।  

यस्तै, आज थप १६३० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५५ हजार ६३० जना पुगेको छ । निको हुने दर ९८.९ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५९ पुगेको छ । हाल देशभर सक्रिय  संक्रमितको संख्या २१ हजार १३९ रहेको छ ।