काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले विजयी सुरुवात गरेको छ ।

गएराति भएको खेलमा बायर्नले एटलेटिको मड्रिडलाई ४-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

खेलको २८ औं मिनेटमा विङ्गर किंग्सले कोम्यानले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ४१ औं मिनेटमा मिडफिल्डर लियोन गोत्र्जकाले अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ६६ औं मिनेटमा कोरेन्टिन टोलीसोले गोल गर्दै ३-० को स्थितिमा पुर्याए । कोम्यानले अलराउण्डर प्रर्दशन गर्दै ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

समूहको पहिलो खेलमा जित निकाल्दै साविक विजेता बायर्नले ३ अंक जोडेको छ । एट्लेटिको अंक विहिन छ ।