काठमाडौं, एजेन्सी - जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले जित हात पारेको छ । गएराति भएको खेलमा बायर्नले वल्फ्सवर्गमाथि ३–२ को जित निकालेको हो । 

खेलको १५औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ३५औं मिनेटमा वोउट वेगह्रस्टले गोल गर्दै वल्फ्सवर्गलाई खेलमा फर्काउने कोसिस गरे । ३७औँ मिनेटमा जमल मुसियालाले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–१ को अग्रता दिलाए । ५५औँ मिनेटमा वल्फ्सवर्गका म्याक्सिमिलियन फिलिपले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि  बायर्न विजयी बन्यो । 

जितसँगै शीर्षस्थानको बायर्नले लिगमा ७ अंकको अग्रता लिएको छ । बायर्नले २९ खेलमा ६८ अंक जोडेको छ ।  पराजित वल्फ्सवर्गको ५४ अंक छ ।