सर्यो कांग्रेस महाधिवेशन
खबर एक्सप्रेस
२०७८-०५-२५ ०७:४५ मा प्रकाशित
Total Shares: 422
काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ ।
निर्वाचन समिति संयोजक महादेव यादवका अनुसार वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गरिएको हो । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुनेछ ।
नयाँ कार्यतालिकाअनुसार पालिका अधिवेशन देशभर सबै पालिकामा एकैपटक असोज ९ गते हुने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा १२ गते हुने भएको छ भने १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुने छ ।
एक निर्वाचन क्षेत्र भएका जिल्लामा १५ गते नै जिल्ला अधिवेशन सम्पन्न हुने छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा भने १८ गते जिल्ला अधिवेशन हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस