गैरकानूनी विदेशी लगानी ११ अर्ब
काठमाडौं - गैरकानुनी रूपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानूनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर विदेशी लगानी ९एफडीआई ल्याइएको भेट्टाएको हो ।
यो रकम हालको विनिमय दरअनुसार ११ अर्ब २३ करोड ९४ ला १३ हजार ७ सय रुपैयाँ हुन आउँछ।
'खासमा हामीले उद्योग विभागबाट विदे लगानी स्वीकृति हुनुपूर्वको प्रत्यक्ष विदेशी लगानीको विवरण माग्दै सूचना जारी गरेका थियौं' अध्ययन कार्यमा संलग्न एक अधिकारीले भने, 'तर, स्रोत नखुलेको र उद्योगमा विदेशी लगानी स्वीकृत गर्ने प्रणालीको विकास भए पनि गैरकानूनी रूपमा लगानी ल्याइएका निवेदन प्राप्त भएका छन्।'
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस