काठमाडौं - लगातार बढिरहेको सुनको मूल्य शुक्रबार पनि बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले बढेर एक लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि बिहिबार सुन एक लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ६० रुपैयाँले बढेर एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।