प्रधानमन्त्री प्रचण्डले गरे कालापत्थरमा शान्तिदीप यात्राको शुभारम्भ
खबर एक्सप्रेस
२०८०-०८-०२ १२:४७ मा प्रकाशित
Total Shares: 169
काठमाडौं,सोलुखुम्बु-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान खुम्बु क्षेत्रको कालापत्थरमा पुगेर शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताए ।
उनले उक्त सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस