काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ५८८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० पुगेको छ ।

सोमबारसम्म ७ हजार ३३७ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १७ हजार ८२२ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १२९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ६ लाख ९३ हजार ४७२ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२८ पुगेको मन्त्रालयले जनाएको छ ।