नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०४-२६ ०५:३४ मा प्रकाशित
Total Shares: 244
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४९०४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३१९४ र एन्टिजेन विधिबाट १७१० जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख २० हजार ६८० र एन्टिजेनबाट ७१ हजार २३० जना पुगेको छ ।
यस्तै, आज थप २११५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ जना पुगेको छ । निको हुनेको दर ९३.४ प्रतिशत छ ।
आज संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार १५० पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस