ब्रेकिङ न्युज

नागरिकता विधेयक विधायन समितिबाट जस्ताको तस्तै पारित

काठमाडौं - राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरेको छ । संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका केही विषयमा संशोधनको आवश् ...

काठमाडौं फनपार्क शिलबन्दी गर्ने महानगरको चेतावनी

काठमाडौं - काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरले बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका ...

महाभियोग प्रकरणमा जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो

काठमाडौं - निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाअभियोग निष्क्रिय भइसकेको बताएका छन् । सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिमा बयान दिनेक्रममा जबराले आफूविरुद्धको महाअभियोग निष्क्रिय भइसकेको बताउँदै न्याय मागेका छन् ।  ...

दाङमा चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौं ,दाङ - दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  दाङको घोराही उपमहानगरपालिका -१२ गुरौँ गाउँमा मंगलबार राति चट्याङ लागेर १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु भएको हो ।साथै अन्य १० जनाभन्दा बढी घाइते भएका छन्। जसमा द ...

निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिइँदै

काठमाडौं - महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणासँग बयान लिन लागेको हो ।नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहि ...

आज गणेश चतुर्थी व्रत पर्व,गणेश मन्दिरमा विशेष पूजा गरी जन्मोत्सव मनाइँदै

काठमाडौं - प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका  विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ ।सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यत ...