पक्राउ परेका सन्तोषले भने 'सिरिन्ज' हान्ने मै हुँ '
काठमाडौं - सिरिन्ज आक्रमण गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति १२ बजे महाराजगंजबाट रामेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई सिरिन्ज आक्रमणको आरोपमा पक्राउ गरेको हो । कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको बताएका छन्।
प्रहरीले काठमाडौँ उपत्यकामा युवतीहरूमाथि शृङ्खलाबद्ध तिखो वस्तुले आक्रमणमा गर्ने युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ। महाराजगञ्जबाट बिहीबार राति ३० वर्षीय सन्तोष कार्कीलाइ सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर टेकुमा भएको पत्रकार सम्मेलनमा कार्कीले आफूले नै आक्रमण गरेको स्वीकारेका हुन्।
काठमाडौंमा अहिलेसम्म ६ जना सिरिन्ज आक्रमणमा परेको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता डी।एस्।पी। होविन्द्र बोगटीले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन्।
फेसबुक पेज Like गर्नुहोस