काठमाडौं - शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई विद्यार्थीहरुसँग वार्ता गर्न निर्देशन दिएका छन् ।

त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान ९आईओएम० र काठमाडौं विश्वविद्यालयमा एमबीबीएसको प्रवेश परीक्षा शुल्कलगायतका विषयलाई लिएर विद्यार्थी संगठनहरुले ताला लगाएका छन् ।आईओएमले २१ भदौमा प्रवेश परीक्षा तोकेको छ ।

परीक्षा नै प्रभावित हुने अवस्था आएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पोखरेलले त्रिवि पदाधिकारीहरु बोलाएर तत्काल वार्ता समिति बनाएर सम्वाद थाल्न निर्देशन दिएका हुन् ।

उनले विद्यार्थी संगठनहरुको जायज माग सम्बोधन गर्न समेत निर्देशन दिएका छन् ।उनले काठमाडौं विश्वविद्यालयलाई पनि वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न निर्देशन दिएका छन् ।