शीर्षस्थानमा एट्लेटिकोको दबदबा कायमैै
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले शीर्षस्थानमा दबदबा कायमैै राखेको छ । गएराति भएको खेलमा भ्यालेन्सियामाथि ३–१ को जित निकाल्दै एट्लेटिकोले आफ्नो उत्कृष्ट लय कायमै राखेको हो ।
खेलको ११ औं मिनेटमा उरोस राकिकले गोल गर्दै पाहुना टोली भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसपछि भ्यालेन्सियाले अग्रता जोगाउन सकेन । २३ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए ।
त्यसपछि ५४औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा २–१ को अग्रता दिलाए । ७२औं मिनेटमा एन्जल कोरेयाको गोलबाट एट्लेटिकोले ३-१ को पुनरागमन जित हात पार्न सफल भयो ।
जितसँगै एट्लेटिकोले शिर्षस्थानमा स्पष्ट ७ अंकको अग्रता लिएको छ । एट्लेटिकोको १८ खेलबाट ४७ अंक छ । दोस्रो स्थानको रियल म्याड्रिडको ४० अंक छ । पराजित भ्यालेन्सिया २० अंक जोडेर १४औं स्थानमा छ ।
फेसबुक पेज Like गर्नुहोस