काठमाडौं - हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’लाई पुत्र लाभ भएको छ । उनकी श्रीमती सरीना लामाले आज छोरालाई जन्म दिएकी हुन् ।

गत फागुनमा इलामकी सरीनासँग राईको  बिवाह भएको थियो । बिहे गरेको सात महिना पछि मात्र उनीहरूको बिहेको खबर र तस्बिर सार्वजनिक भएको थियो ।

राईले पुत्रलाभ भएको खुसी आफ्नो फेसबुक मार्फत तस्बिर सहित शेयर गरेका छन् । आफ्नो ३४ औँ जन्मदिनमा छोरा जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी महसुस भएको उनले सामाजिक संजालमा लेखेका छन् ।

उनको जन्म सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा भएको थियो।