एजेन्सी - दिवंगत बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म 'दिल बेचारा' आज शुक्रबार साँझ रिलिज हुँदैछ । फिल्म साँझ साढे ७ बजे भारत, अमेरिका, बेलायत र क्यानडाको डिज्नी प्लस हटस्टारका सब्सक्राइबर र ननसब्सक्राइबर दुवैका लागि एक साथ प्रिमियर हुँदैछ ।

फिल्म निर्माण टिमका अन्सार डिज्नी प्लस हटस्टारका ग्राहक नभएकाले पनि फिल्म हेर्न पाउनेछन् । 'दिल बेचारा' हलिउड फिल्म ‘फल्ट इन आवर स्टार’ को हिन्दी रिमेक हो । जुन सन् २०१४ मा रिलिज भएको थियो ।

कास्टिङ डिरेक्टर मुकेश छाब्राको निर्देशनमा बनेको पहिलो फिल्ममा सुशान्त र सन्जना सान्घी मुख्य भुमिकामा छन् । यसबाहेक सैफ अली खान, स्वस्तिका मुखर्जी र जावेद जफरीको पनि महत्त्वपूर्ण भूमिका रहनेछ ।

ट्रेलर:-